३० आश्विन २०८३, शुक्रबार

भीम रावलको जिल्ला अछाममा नेकपा विजयी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, १५ मंसिर । भीम रावलको गृहजिल्ला अछाममा वडा अध्यक्षको लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवार भारी मतले विजयी भएका छन् । अछामको मेल्लेख गाउँपालिका ५ विन्देवासिनीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार रमेशबहादुर खड्का २ सय १५ मतान्तरले विजयी हुनुभएको छ ।

खड्काले ७ सय ७८ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वीर बहादुर बोहराले ५ सय ६३ मत प्राप्त गरे । १६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत नवीन कुमार जोशीले जानकारी दिए ।

उक्त वडामा १९ सय ४ मतदाता मध्ये १३ सय ५७ मत खसेको थियोे । उक्त वडामा विगतको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । तत्कालीन वडाअध्यक्ष राम बहादुर बोहराको निधन भएपछि उपनिर्वाचन भएको हो ।