३० आश्विन २०८३, शुक्रबार

१२ स्थानमा नेकपा विजयी, १/१ स्थानमा कांग्रेस र समाजवादीकाे सुरुवात

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । ५२ स्थानका लागि शनिबार सम्पन्न उपनिर्वाचनको परिणाम आउन थालेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, डाेटी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा १२ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ । १/१ स्थानमा समाजवादी र कांग्रेसले विजयकाे सुरुवात गरेको छ ।

रोल्पाको थवाङ १ को वडाध्यक्षमा नेकपाका जनक बहादुर बुढा विजयी भएका छन् । सल्यानको कुमाख ५ मा नेकपाकै धर्मे बुढा विजयी भएका छन् ।

त्यस्तै, कंचनपुरको पुनर्वास ३ मा कृष्ण बहादुर तामाङ निर्वाचित बनेका छन् । त्यसैगरी, लम्जुङको सुन्दरबजार २ मा पनि नेकपाका उम्मेदवार नविन श्रेष्ठ विजय बनेका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती ८ को वडाध्यक्ष नेकपाकै केदारप्रसाद आचार्यले जितेका छन् । त्यस्तै, काभ्रेको धुलिखेल २ मा नेकपाका देवप्रसाद कोइराला विजयी बनेका छन् ।

बाग्लुङको बडिगाड २ नेकपाका ढालप्रसाद शेरचन निर्वाचित भए । काठमाडौँको दक्षिणकाली ३ को वडाध्यक्षमा नेकपाकै उम्मेदवार विजयी भएका छन् । खोटाङको साकेला ३ को वडाध्यक्षमा नेकपाकी शिवकला राई विजयी भइन् ।

यता सर्लाहीको हरिपुर्वा १ मा वडाध्यक्षमा समाजवादीका उम्मेदवार श्यामबाबु रायले विजय हासिल गरेका छन् ।

कांग्रेसले बैतडीबाट विजयीको सुरूआत गरेको छ । बैतडीको सुनर्या गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द ४ मत बढीले विजयी भएका छन् । उनले २१९ मत ल्याएर नेकपाका उमेदवारलाई पछि पारे ।

भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा नेकपाका उमेदवार जितेन्द्र राई निर्वाचित भए । उनले ६१९ मत ल्याए भने कांग्रेसका उमेदवार सम्मरबहादुर कार्कीले २५४ मत ल्याए ।

डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका उमेदवार रामबहादुर बोहोरा निर्वाचित भएका छन् । त्यस्तै, गुल्मीको रुरु गाउँपालिका– २ पनि नेकपाका गिरी सिञ्जाली ७८ मतले निर्वाचित भएका छन् ।