
काठमाडौँ, १४ मंसिर । सिरहा लक्ष्मीपुर पतारी इलाका प्रहरी कार्यालयबाट ७ जना थुनुवा फरार भएका छन् । शनिबार राति ७ः३० बजेतिर उनीहरु ८ जनामध्ये ७ जना थुनुवा कक्षबाट फरार भएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरीबाट उनीहरु प्रहरीको आँखा छलेर फरार भएका हुन् ।
एक जना बहुविवाहका र ६ जना लागूऔषध मुद्दामा समातिएकाहरु थुनुवा कक्षबाटै फरार भएका हुन् ।















प्रतिक्रिया