
काठमाडौँ, १४ मंसिर । लम्जुङ सुन्दरबजार नगरपालिका २ को वडाध्यक्षमा नेकपाका उमेदवार विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठले ९९३ मत ल्याएर विजयी भएका छन् ।
नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए । सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् भने १० मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।















प्रतिक्रिया