३० आश्विन २०८३, शुक्रबार

पोखरामा ताइवानी नागरिकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १४ मंसिर । पोखरामा आज एक ताइवानी नागरिकको मृत्यु भएको छ ।

राहदानी नम्बर ३०२५३५२७७ भएको ५७ वर्षीय युचाङ छिङको मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ ।

अन्नपूर्ण आधार शिविरको पदयात्राबाट फर्किएका उहाँ आज बिहान घान्द्रुकको टाडापानी आइपुग्नु भएको थियो । उहाँ मङसिर ८ गते पदयात्राका लागि पोखराबाट अन्नपूर्ण आधारशिविर जानुभएको थियो ।

आज बिहान अचानक छाती दुख्न थालेपछि उहाँका साथीहरुले प्रभु एयरको हेलिकप्टरबाट मनिपाल शिक्षण अस्पताल पोखरा ल्याएर भर्ना गरेको थियो । उहाँको उपचारको क्रममा आज दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस