३० आश्विन २०८३, शुक्रबार

मतदान सम्पन्न, मत गणना हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । तीनै तहका रिक्त रहेका ५२ पदका लागि विभिन्न स्थानमा भएको मतदान सकिएको छ । मतदान गर्ने अवधि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको थियो ।

निर्वाचन आयोगले प्रारम्भिक रुपमा ६७ प्रतिशत मत खसेको जनाएको छ ।

केही स्थानमा सामान्य घटना हुनुबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको थियो ।

२०७४ सालमा विभिन्न समयमा तीनै तहको निर्वाचन भएको थियो । सोहीमध्ये विविध कारणले ५२ पद रिक्त भएका थिए ।

मतपेटिका संकलन गरी राजनीतिक बैठक पश्चात् आजैदेखि विभिन्न स्थानमा मत गणना सुरु गरिएकाे आयोगले जनाएको छ ।