
बारा, १४ मंसिर । राष्ट्रिय गौरवका आयोजना कार्यान्वन गराउन, विकास निर्माण लगायत जनताका समस्या समाधानका लागि तिनै तहको सरकारलाइ दवाव दिने उद्धेश्यका साथ सरोकार समिति गठन भएको छ ।
नेकपाका युवा नेता मनोज पौडेलको संयोजकत्वमा उपमहानगर स्तरीय जीतपुर सिमरा सार्वजनिक सरोकार समिति गठन गरिएको छ । शनिबार सिमरामा सम्पन्न एक भेलाले सो समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा छबिलाल शर्मा, कर्ण थापा, रमेस सापकोटा, पेशल मुल्मी, राजुराज गिरी, नारायण प्रसाद घिमिरे, बिदुर खडका रहेका छन् ।
सरोकार समितीले राष्ट्रिय गौरवका आयोजना सीघ्र कार्यान्वयन र समय मै सम्पन्न गराउन दवाव दिइने, जितपुर सिमरामा बढ्दै गइरहेको प्रदुषण अन्त्यका लागि सम्बन्धित निकायलाई घच घचाउने संयोजक पौडेलले जानकारी दिए ।
स्थानीय स्तरका जनताका समस्या उठान गरी समाधानका लागि तिनै तहको सरकारलाइ दवाव दिइने उनको भनाई छ । त्यसैगरी सरोकार समितीले भ्रष्टाचार बेथिती र अनियमितता विरुद्ध अभियान सन्चालन गर्नुका साथै अव्यवस्थित बसोबास लाई व्यवस्थित गर्न दवाव दिइनुका साथै एैलानि, सार्वजनिक जग्गाको संरक्षणका लागि अभियान चलाइने संयोजक पौडेलले जानकारी दिए ।















प्रतिक्रिया