
काठमाडौँ, १३ मंसिर । १३ औं दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग)को पूर्वसन्ध्यामा दशरथ रंगशालामा उद्घाटन कार्यक्रमको रिहर्सल गरिएको छ ।


सागलाई भव्य बनाउने उद्देश्यले एक समारोहकाबीच सेना, प्रहरी तथा विद्यार्थीले उद्घाटनको रिहर्सल गरेको हो ।

काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने साग प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्नेछिन् ।

करिब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ ।

उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहनेछ ।-तस्वीर : रासस



















प्रतिक्रिया