३० आश्विन २०८३, शुक्रबार

केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ मंसिर । २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ ।प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र जेडसीजीआई–खानी जेभीबीच ठेक्का सम्झौता भएको हो ।

सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गरे । जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको हो । प्रबलीकरणको अवधि दुई वर्षको छ ।

आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरुप कायम राखी भूकम्पप्रतिरोधी हुनेगरी प्रबलीकरण गरिने बताए । निर्माण कम्पनीका रत्न गौतमले तोकिएको समयमै प्रबलीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले एक हप्ताभित्र निर्माण कार्य सुरु गरिने जानकारी पनि दिए ।

परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रा.लि., एस.डब्लु. नेपाल प्रा.लि. र पिरामिड डिजाइन एसोसिएट्स प्रा.लि. को जेभी छनौट भएको छ ।