३ कार्तिक २०८३, मंगलबार

राष्ट्रपति भण्डारी जनकपुर जाँदै, भारतबाट आएका जन्तीलाई स्वागत गर्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर ।  जनकपुरको सीताराम विवाहमञ्चमी महोत्सवमा सहभागी हुन आज राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर जाँदै छिन् ।

विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज जनकपुरधाम जान लाग्नुभएको हो ।

बिहान पौने ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति जनकपुरधाम आउने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

जनकपुर पुगेर राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीले भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्ने बताइएको छ ।