३ कार्तिक २०८३, मंगलबार

आत्मघाती गाेलले युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १३ मंसिर । युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। अवे मैदानमा भएको खेलमा ओल गुनार सोल्सकेएरको टिम म्यानचेस्टर युनाइटेड एफसी अस्तानासँग २–१ पराजित भएको हो ।

खेलको १० औँ मिनेटमा नै जेसी लिंगार्डको गोलबाट युनाइटेडले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । अस्तानाका लागि ५५ औँ मिनेटमा शोम्कोले बराबरी गोल गरे ।

६२ औँ मिनेटमा युनाइटेडका डी’शोन बर्नार्डले आत्मघाती गोल गरे र अस्ताना २–१ ले विजयी भयो । युनाइटेडको टिममा यो खेलका लागि सबै युवा खेलाडी थिए ।

प्रशिक्षक ओलले यो टिममा रहेका केही खेलाडी अब युनाइटेडको सिनियर टिमका नियमित खेलाडी बन्ने बताएका छन् । परातिज भए पनि अन्तिम ३२ का लागि छनौट भइसकेको युनाइटेड समूह एल को शीर्ष स्थानमा छ, पाँच खेलबाट १० अंकसहित ।

बिहीबार राति नै भएको खेलमा पार्टिजान बेलग्राडेसँग २–२ को बराबरी खेलेको एजेड अल्क्मार ९ अंकसहित दोस्रो स्थानमा छ।