१ कार्तिक २०८३, आइतबार

इराकमा चालीस जनाकाे मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इराक, १३ मंसिर । इराकमा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । गएको महिला इराकमा सरकार विरोधी प्रदर्शन सुरु भएको हो । त्यसयता सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप हुँदै आएको छ ।

पछिल्ला दिनमा भएका घटनामा कम्तिमा ४० जनाको ज्यान गएको छ । इराकको दक्षिणी शहर नासिरियामा सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तिमा २५ जनाको ज्यान गएको छ ।

बग्दादमा अरु चार प्रदर्शनकारीको ज्यान गएको छ । यस्तै नाजाफ शहरमा भएको घटनामा अरु १० जनाको ज्यान गएको छ । रोजगार सिर्जना, भ्रष्टाचारको अन्त्य तथा सुधारिएको सार्वजनिक सेवाको माग गर्दै इराकमा प्रदर्शन हुँदै आएको छ ।