५ कार्तिक २०८३, बिहिबार

१६ जिल्लामा चर्चको ७२ करोडको लगानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । डेनमार्कको एक चर्चको संयोजनमा काठमाडौं उपत्यकासहित १६ जिल्लामा जलवायु परिवर्तन अनुकूल निर्माण सामग्री उत्पादनका लागि ७२ करोड लगानी हुन लागेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको १२२औं बैठकले डनचर्च एड नामक संस्थाको निजी आवास निर्माणमा जलवायु परिवर्तन अनुकूल निर्माण सामग्रीको उत्पादन र उपभोग गर्ने तथा बढाउनेसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

परियोजनाअनुसार इन्टरलक इँटा उत्पादन र उत्पादित इँटा प्रयोग गरी वातावरणमा कार्बन उत्सर्जन कम गरिनेछ । परियोजनका लागि ७२ करोड ४४ लाख ४ हजार १ सय ८३ बजेट रहेको छ । जसमा प्रशासनिक खर्च १४ करोड ३६ लाख ५ हजार १ सय ७७ रहेको छ भने कार्यक्रम खर्च ५८ करोड ७९ हजार पाँच रुपैयाँ रहेको छ ।

परियोजनाका लागि ७५ प्रतिशत अर्थात् ४ लाख ५० हजार युरो लगानी नर्डिक डेभलपमेन्ट फन्डले गर्ने भएको छ । बाँकी २५ प्रतिशत डन चर्च एड, प्राक्टिकल एक्स र बिउल्ड अप नेपालले बेहोर्नेछ ।

नर्डिक डेभलपमेन्ट फन्ड पाँच युरोपेली मुलुकको वित्तीय संस्था हो । जसमा डेनमार्क, फिल्यान्ड, आइसल्यान्ड र स्विडेन सामेल छन् । यो संस्था सन् १९८८ मा स्थापनाभएको थियो ।

परियोजनाको अवधि २४ डिसेम्बर २०२० सम्म तोकिएको छ । परियोजना काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, लमजुङ, गोरखा, तनहुँमा कार्यान्वयन हुनेछ । यस्तै, कास्की, सिन्धुली, सिन्धुपाल्चोक दोलखा, चितवन, नवलपरासी, पाल्पा र गुल्मीमा परियोजना कार्यान्वयन हुने प्राधिरणको निर्णयमा उल्लेख छ ।

नेपाल जेस्युट सोसाइटी नेपाल नामक संस्थाले सिन्धुपाल्चोकमा दुईवटा विद्यालयको भवन निर्माण गर्ने प्रस्ताव पनि पारित भएको छ । त्यसका लागि ९५ लाख ८८ हजार ९ सय २ रुपैयाँ लगानी गरिनेछ । प्रशासनिक खर्चतर्फ ११ लाख ४९ हजार ९ सय ३३ खर्च हुनेछ भने ८४ लाख ३८ हजार ९ सय ६९ कार्यक्रमका लागि खर्च हुनेछ । स्रोत व्यवस्थापन भने क्यारिटज जर्मनीले गर्नेछ ।

नेपाल युथ फाउन्डेसन नेपालले पनि ललितपुरको बाग्मती गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयको फर्निचरसहित ६ कोठे भवन निर्माण गर्ने भएको छ । नेपाल चिल्डे्न यूकेको सहयोगमा बन्ने भवनका लागि प्रशासनिक र कार्यक्रम खर्च १ करोड ९९ लाख ७२ हजार ५ सय ४३ लागत हुनेछ । राजधानी दैनिकले खबर छापेकाे छ ।