३० आश्विन २०८३, शुक्रबार

फोर्ब्स म्याग्जीनमा नेपाली युवा राजन थपलिया स्तम्भकार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

डिसी । न्यूयोर्क निबासी चर्चित युबा लेखक तथा तथ्यांक वैज्ञानिक राजन थपलियाले बिश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीनमा लेखन सुरु गरेका छन। फोर्ब्स मिडियाको मध्य पूर्व अन्तर्गत उनको लेखहरु प्रकाशित भएका छन।

हालसम्म उनको दुई ओटा लेख प्रकाशित भएका छन । भर्खरै पत्रिका (म्याग्जिन)को बिचार खण्ड (सेक्सन)मा कसरी आफ्नो लक्ष्य हासिल गर्नमा बढी केन्द्रित हुने भन्ने बिषय लेख प्रकाशित भएको छ ।

साथै यस अघी उनको एक सफल मालिक हुन चहिने पाँच गुणहरू बिषयमा लेख प्रकाशित भएको थियो। उनका आगामी लेखहरु सबै व्यापार ,नेतृत्व र जीवन शैलीमा आधारित हुने छन।

उनको आगामी लेख अनलाईनबाट पैसा कमाउने पाँच तरीका छिटै प्रकाशित हुँदैछ । अब हरेक हप्ता फोर्ब्समा उनको लेख प्रकाशित हुने कुरा राजनले बताए ।

बिश्वका डलर अर्बपतिको क्लबको रुपमा चिनिएको बिश्वको शीर्ष स्थानमा ब्यापारिक ब्राण्ड फोर्ब्स म्याग्जीनमा अबसर पाउनु सजिलो कुरा होइन।

यहाँ प्रकाशित हरेक लेखहरुले छुट्टै महत्व राख्छन। यस अघी हफिंगटन पोस्टमा उनका सयौ लोकप्रिय लेखहरु प्रकाशित भएका थिए ।

केही बर्ष अघी उनले आफ्नो किताब शत प्रतिशत जीवन सगरमाथाबाट बिमोचन गरेका थिए भने उनले लेखेका कविता नेपालको कक्षा ६ को अँग्रेजी पाठ्यक्रममा समेत राखिएको छ।