
काठमाडौँ, १२ मंसिर । काठमाडौँ उपत्यका भित्र ३८ लाख १२ हजार रुपैयाँसहित दुईजना हुन्डी कारोवार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २३ वर्षीय कृष्ण प्रसाद भट्टराई र अन्जनी ओभरसिजका संचालक ५८ वर्षीया गोवर्धन प्रसाद सरावगी रहेका छन् । भट्टराईलाई सरावगीले हुन्डी कारोवार गर्न दिएको ३० लाख र सरवगीको साथबाट अवैध ८ लाख १२ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै उनीहरुको साथबाट विभिन्न व्यक्तिको नामको लेखिएका चेक पनि बरामद गरिएको छ ।
गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी महाशाखबाट खटिएको टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो ।















प्रतिक्रिया