२९ आश्विन २०८३, बिहिबार

साग अवधिभर ठूला सवारीसाधन निषेध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ औं दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गर्दै ठूला सवारीसाधनलाई प्रवेश निषेध गरेको छ । साग खेलकुद अवधिभर चक्रपथमा ठूला सवारीसाधन निषेध गरिएको महाशाखाले सूचना जारी गरेको छ ।

अब साग खेलकुद मङ्सिर १५ देखि २४ गतेसम्म ठूला मालवाहक सवारी साधनहरू उपत्यकाको चक्रपथभित्र प्रवेश गर्न पाउने छैनन् ।

साग खेलकुदको समयमा सवारीको चाप वृद्धि हुने भन्दै ट्राफिक व्यवस्थापन सहज बनाउन महाशाखाले सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ ।

त्यस्तै दशरथ रंगशाला वरिपरिका सवारी मार्ग सकेसम्म प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडक प्रयोग गर्न आग्रह गरेको छ ।

त्यस्तै सागको उद्घाटन र समापन समारोहमा जोरविजोर प्रणाली लागु गर्ने महाशाखाको तयारी रहेको छ । यसरी खेलकुद समयमा कुनै ट्राफिक समस्या आइ नपरोस् भनेर उल्लेखित नियमहरु लागू गरिने पत्रकार सम्मलेनमार्फत जनाइएको छ ।