
काठमाडौं, १२ मंसिर । भारतमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी महादेवाका १८ वर्षीय हेमन्त मण्डल रहेका छन् ।
युवकको के कारणले मृत्यु भयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । भारतको पञ्जावस्थित रिम्ट युनिभर्सिटीमा अध्ययनरत मण्डल बुधबार बेलुकादेखि गायब रहेका थिए ।
विद्यार्थीहरुले भने युनिभर्सिटीको लापरवाहीकाका कारण युवकको मृत्यु भएको आरोप लागाएका छन् । बुधबार मण्डलको पेट दुखिरहेको थियो तर युनिभर्सिटीका वाडेनले उनलाई अस्पताल जान समेत नदिएको बताइएको छ ।
मण्डलले अस्पताल जान्छु भन्दा वार्डेनले पााच सय दिए मात्रै जान पाउने भन्दै रोकेका थिए । मण्डलका बारेमा पछि विद्यार्थीहरुले जानकारी लिन खोजे पनि युनिभर्सिर्टी प्रसासनले विद्यार्थीहरुमाथि प्रहरी लगाई अवस्थाबारेमा समेत जानकारी नदिएको विद्यार्थीहरुले बताएका छन् ।
मण्डलको बारेमा बोल्दा अन्य विद्यार्थीहरुलाई पनि युनिभर्सिटीले गायब पार्ने डरले सताएको विद्यार्थीहरुले बताएका छन् ।












प्रतिक्रिया