१ कार्तिक २०८३, आइतबार

हङ्‌कङकाे आन्दोलनमा अमेरिकाकाे समर्थन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १२ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।

अमेरिकी कांग्रेसले पारित गरेको उक्त विधेयक अब कानून बनेको छ ।

हङ्‌कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्‌कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ।

ट्रम्पले ‘राष्ट्रपति सी जिनपिङ, चीन र हङ्‌कङका जनता’प्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानुनमा हस्ताक्षर गरेको बताएका बिबिसीले उल्लेख गरेको छ ।

तर त्यो कानुनले बेइजिङलाई क्रुद्ध बनाउनेछ। चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा ‘हस्तक्षेप नगर्न’ चेतावनी दिइसकेका छन् ।