२९ आश्विन २०८३, बिहिबार

मुक्तिनाथ बैंकबाट पनि १० लाख रकम चोरिएको खुलासा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ११ मंसिर । काठमाडौँका विभिन्न बैंकमा नक्कली हस्ताक्षर र कागजातको प्रयोगबाट भएको चोरीमा थप १० लाख रुपैयाँ आरोपी समूहको हातमा पुगेको खुलेको छ ।

प्रहरीलाई प्राप्त पछिल्लो सूचनाअुनसार मुक्तिनाथ विकास बैँकबाट पनि १० लाख रुपैयाँ निकालिएको खुलासा भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुले प्रकरणमा संलग्न भएको आरोपमा बुधबार ६ जनालाई सार्वजनिक गर्दै १९ लाख ९ हजार रुपैयाँ चोरी भएको सार्वजनिक गरेको थियो । तर, साँझ मुक्तिनाथ विकास बैंकबाट पनि १० लाख रुपैयाँ निकालिएको सूचना अनुसन्धान अधिकृतलाई प्राप्त भएको हो ।

कसको नामबाट निकालिएको भन्ने नखुलेपनि पक्राउ पर्नेहरुबाट निकै जानकारी पाइएकाले यही गिरोहले नै गरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।