
काठमाडौँ, ११ मंसिर । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बस सडकबाट तल खस्दा ७ जनाको मृत्यु भएको छ ।
वुधबार दिउँसो लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउँदै गर्दा सन्धिखर्क नगरपालिका ६ मा दुर्घटना भएको हो । दुर्घटनामा ७ जना घटनास्थलमै निधन भएको
प्रहरीले जनाएको छ । बस सडकको घुम्तीबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । बसमा १८ बढी यात्रु सवार रहेको बताइएको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको तथा दुर्घटनामा परेकाको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया