२९ आश्विन २०८३, बिहिबार

मुक्तिनाथ विकास बैँकको “मुक्तिनाथ संस्थागत र व्यक्तिगत उपलब्धी बचत खाता” सञ्चालनमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ मंसिर । मुक्तिनाथ विकास बैंकले दुई नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।

बैँकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ/संस्था, विभिन्न व्यापार/व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ/संस्था तथा विषयगत सहकारी संघ/संस्था लगायत अन्य संघ/संस्थालाई लक्षित गरी “मुक्तिनाथ संस्थागत उपलब्धी खाता’’ नामक चल्ती खाता ल्याएको हो ।

त्यस्तै, “मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’ नामक बचत खाता पनि सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौन्दात रु १,०००/– मा कुनै पनि माथि उल्लेखित संघ/संस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघ/संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यू बीमा को सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ ।

मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी ) तथा निः शुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिनेछ ।

साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात रु १००/– मा संस्थाका सम्पुर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि रु ७ लाखको दुर्घटना मृत्यू बीमा को सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ ।

यसका साथै, कुनै पनि संघ/संस्थामा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाख मध्ये जुन कम हुन्छ, सो बराबर हुने गरी विना धितो कर्जा सुविधा प्रदान गरिनेछ ।

यस व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निः शुल्कVISA Debit Card प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघ/संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगत उपलब्धी बचत खाता खोल्न सक्नेछन् । बैंकको यो सेवा १३३ वटै शाखाहरुबाट लिन सकिने छ ।