दक्षिण कोरिया । ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाले मिस नेपाल २०१४ सुविन लिम्बुलाइ सम्मान गरेको छ ।
कोरियाको नयाँ वर्ष (सलनाल को अवसर पारेर किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्धारा आयोजित श्रीजंगा साँस्कृतिक सौगात भाग ३ कार्यक्रममा भाग लिन आउनु भएकी लिम्बुलाइ समाजले १८ तारिख साँझ एक कार्यक्रमको आयोजना गरी सउल स्थित शुभेच्छा रेष्टुरेन्टको तेस्रो तल्लामा सम्मान गरेको थियो ।
ग्लोबल तेह्रथुम सेवा समाजले आयोजना गरेको सम्मान कार्यक्रममा महामहिम राजदूत कमानसिंह लामा प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशेष अतिथि समाजका केन्द्रिय अध्यक्ष डा. लक्ष्मी प्रसाद थापा र अन्य अतिथिहरूमा केन्द्रिय सह सचिव राजु सन्तोषी थापा, प्रवासी नेपाली मन्च(ओएफएन)का अध्यक्ष गोविन्द गाउँले, नेपाली जनसम्पर्क समितिका सभापति नवराज शिवाकोटी, (वमुन फोर वमुन) की पूर्व अध्यक्ष जुनु गुरुङ, पाँचथर सम्पर्क समितिका अध्यक्ष मणिचन्द्र चेम्जोङ, समाजसेवी समसेर पन्धाक लगायतका अतिथिहरूले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा अतिथिहरुले मिस सुविन लिम्बुले विश्व सुन्दरी प्रतियोगितामा नेपाल र नेपालीलार्इ विश्वसामु चिनाउन खेल्नु भएको भुमिकाको प्रंशसा गर्दै उज्वल भविष्यको लागि शुभकामना व्यक्त गरेका थिए ।
उक्त सम्मानमा मिस लिम्बुले खुशी व्यक्त गर्दै विश्व सुन्दरी प्रतियोगितामा भाग लिन जादाको अनुभव साटासाट गर्नुका साथै आफु जहाँ जस्तोसुकै अवस्थामा रहेपनि तेह्रथुमलाई कहिल्यै विर्सन नसक्ने वताउनु भएको थियो ।
ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरिया अध्यक्ष गणेश कालिकोटेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन रमेश संग्रौलाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष राजु निङलेकुले दिनुभएको थियो ।
-मृगौला पीडित गोपाल निङलेखु (लिम्वु)लाई सहयोग रकम प्रदान

यस्तै, ग्लोबल तेह्रथुम सेवा समाजले किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्धारा आयोजित श्रीजंगा साँस्कृतिक सौगात भाग ३ कार्यक्रमबाट मृगौला पीडित गोपाल निङलेखु (लिम्वु) को लागी १८लाख ४४ हजार वन (नेपाली रूपैयाँ एक लाख साठी हजार) संकलन गरेको छ ।
तेह्रथुम सिम्ले ५ औसी डाँडा निवासी ३० वर्षिय गोपाल निङलेखु (लिम्वु) हाल भारतको कलकत्तास्थित रविन्द्रनाथ टैगोर इन्सिच्युट अफ कार्डियाक साइन्स अस्पतालमा उपचारार्थ हुनुहुन्छ । मृगौला प्रत्यारोपण गर्नुपर्दा अत्यधिक खर्च लाग्नेभएकोले आर्थिक सहयोगको लागि समाजले अपिल गरेको थियो ।
ग्लोबल तेह्रथुम सेवा समाजका केन्द्रिय सह सचिव राजु सन्तोषी थापाको संयोजकत्वमा ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाका अध्यक्ष गणेश कालिकोटे, उपाध्यक्ष राजु निङलेखु, सचिव सुन्दर लिम्बु र सदस्य जिना निङलेखु लगायत अन्य सहकर्मीहरुको सहयोगमा संकलन गर्न सफल भएका थिए ।
केन्द्रिय सह सचिव राजु सन्तोषी थापाले संकलित उक्त रकम एक कार्यक्रम बिच पिडितको बहिनी जिना निङलेखु लार्इ हसतान्तरण गरेको बताउदै किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया लगायत सहयोग गर्नुहहुने सम्पुर्ण महानुभावहरूमा ग्लोबल तेह्रथुम सेवा समाजको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ। यसै गरि हङकङ तेह्रथुम मञ्चलार्इ पनि सहयोगको अपिल पठाएको जानकारी दिनु भएको छ ।
















प्रतिक्रिया