१४ कार्तिक २०८३, शनिबार

भक्तपुर क्यान्सर अस्पतालको नियुक्ति बदर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ११ मंसिर । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ ।

समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा दिपेश ढकाल, कामु डेपुटी मेडिकल डाइरेक्टर डा. उत्सवमान श्रेष्ठ र कामु डेपुटी मेडिकल डाइरेक्टर डा. अजयकुमार झालाई नियुक्ति गरेको थियोे ।

जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा यी पदमा गरिएको नियुक्ति निर्वाचन आचारसंहिता २०७२ को दफा ९ र १० विपरीत भएकाले निर्वाचन आयोगले नियुक्ति बदर गरेको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए ।

ती पदमा जुनसुकै तरिकाले नियुक्ति भए पनि यो नियुक्ति निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्वाचन आयोगले बदर गरी २४ घण्टाभित्र यसबारे जानकारी आयोगलाई दिन समितिलाई निर्देशन दिएको छ ।