
भक्तपुर, १० मंसिर । अमेरिकी डलर साटी दिने भन्दै प्रलोभनमा पारी एक अपरिचित व्यक्तिले नगद ७ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार भएका छन् ।
सोमबार बिहान सूर्यविनायक बस्ने दोलखा सैलुङ गाउँपालिका ३ घर भएका ४९ वर्षीय श्रेष्ठ थरका पुरषको साथबाट अपरिचित व्यक्तिले नगद ७ लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन् ।
मध्यपुर ठिमी नगरपालिका २ दिव्यश्वर प्लानिङमा अपरिचित व्यक्तिले अमेरिकी डलर साट्ने भन्दै श्रेष्ठलाई बोलाई रुमालले बेरेको कागज दिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ ।
फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया