
काठमाडौँ, १० मंसिर । धनुषाको जनकपुरधाममा हरेक वर्ष मनाइने श्रीराम जानकी विवाह पञ्चमी महोत्सवमा विशिष्ट अतिथिको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गरिएको छ ।
जानकी मन्दिरमा धुमधामसाग मनाइने सीताराम विवाह पञ्चमी महोत्सव साप्ताहिक कार्यक्रमअन्तर्गत मंगलबारबाट विधिवत रुपमा सुरु भएको हो । त्रेता युगमा जनकपुरमा राम र सीताबीच विवाह भएको स्मरणमा केही वर्षदेखि सप्ताहव्यापी रुपमा धुमधामसाग रामजानकी विवाह पञ्चमी महोत्सव मनाइँदै आएको छ ।
भारतीय गृह मन्त्री एवं बीजेपी अध्यक्ष अमित शाह र उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथलाई समेत महोत्सव व्यवस्थापन समितिले आमन्त्रण गरेको छ । तर उनीहरु आउने भने अहिलेसम्म निश्चित भएको छैन ।
भारतीय अतिथिहरु आउने भए पनि महोत्सवको प्रमुख अतिथि राष्ट्रपति भण्डारीलाई नै बनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनु भएको छ ।
विवाह पञ्चमी महोत्सवलाई भव्य बनाउन गर्न प्रदेश २ सरकारले यस वर्ष ६० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । गत वर्ष प्रदेश सरकारका उद्योग, वन पर्यटन तथा वातावरण मन्त्रालयले ५० लाख रुपैयाँ सहयोग गरेको थियो ।
यस वर्ष विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतबाट ५ सयको संख्यामा अयोध्याबाट जन्ती आउने जानकारी दिँदै जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले भारतको अयोध्याबाट जनकपुरधाम आउने जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा स्वागत गरिने बताउनु भएको छ ।












प्रतिक्रिया