३ कार्तिक २०८३, मंगलबार

प्रशिक्षक सार्री र रोनाल्डोको सम्बन्ध सुध्रियाे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १० मंसिर । युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले रोनाल्डोसँगको सम्बन्ध राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

अन्तर्राष्ट्रिय ब्रेकअघिका दुई खेलमा सार्रीले रोनाल्डोलाई बेन्चमा बोलाएर उनको विकल्पमा अर्का खेलाडी पठाएका थिए । जसको कारणले गर्दा सार्री र रोनाल्डोको सम्बन्धको बारेमा प्रश्न उठेको छ ।

‘कुनै पनि राम्रो खेलाडी बेन्चमा फर्किनु पर्दा रिसाउँछ, तर रोनाल्डोमा अझ पनि धेरै उत्प्रेरणा देखेको छु,’ सार्रीले भने ।

अन्तर्राष्ट्रिय खेलमा जानुअघि एसीमिलानविरुद्धको खेलमा सार्रीले रोनाल्डोलाई बेन्चमा बोलाएका थिए । जुन खेलमा युभेन्टसले मिलानलाई १–० ले हराएको थियो ।

त्यसअघि च्याम्पियन्स लिगअघि लोकोमोटिभ मस्कोविरुद्धको खेलमा पनि उनलाई बेन्चमा बोलाइएको थियो ।

गएको शनिबार एटलान्टाविरुद्धको खेलमा भने उनलाई आराम दिइएको थियो । जुन खेलमा युभेन्टस ३–१ ले विजयी भयो ।

युभेन्टसले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल टुरिनमा नेपाली समय अनुसार आज राति १ : ४५ बजे हुनेछ ।