२९ आश्विन २०८३, बिहिबार

राप्रपा निकट विद्यार्थी सङ्गठनका जिल्ला कमिटी नै नेकपा प्रवेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भक्तपुर, ९ मंसिर । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन भक्तपुर जिल्ला कमिटीका अध्यक्ष प्रतिक लामिछानेको नेतृत्वमा कमिटीका पदाधिकारी एवं सदस्यहरु साेमबार नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी्निकट विद्यार्थी सङ्गठन जिल्ला कमिटीका प्रवक्ता सन्दिप गिरी, जिल्ला कमिटी सदस्य आशिष लामिछाने, स्वरुप काफ्ले, पुजन लामिछाने, सौरभ ढुङ्गाना, विवश गिरी, रोशन बस्ताकोटी, अस्मित खड्का र मणिराज गिरीलगायत युवा नेकपामा प्रवेश गरेका हुन् ।

नेकपाका केन्द्रीय सदस्य भक्तपुर सह–इन्चार्ज एवं चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्र, ३ नं– प्रदेश कमिटी सचिवालय सदस्य राजेन्द्र राजथला, आगामी १४ गतेको उपनिर्वाचनका नेकपाका उम्मेदवार डिपी ढकालले उनीहरुलाई टीका, माला लगाईदिएर पार्टी प्रवेश गराउनु भएको थियो । –रासस