
भैरहवा, ८ मंसिर । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले परम्परागत गुजारा कृषि श्रमलाई उद्यममा ल्याउन आफू मन्त्री भएको बताएका छन् ।
उनले शनिबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, गुजारा श्रमलाई उद्यममा ल्याउने काम भनेको राष्ट्रिय पुँजी निर्माणको मुख्य काम हो जसले रोजगारी सिर्जना गर्नेछ र समाजवादमा पुग्न आधार तयार गर्नेछ ।
नवनियुक्त मन्त्रीको सपथ खाएको तेश्रो दिन गृह जिल्ला आएका भुसालले पत्रकारहरुको जवाफ दिँदै उक्त कुरा बताएका थिए ।
मन्त्री भईसकेपछि आफुले प्रधानमन्त्रीसँग विस्तारमा कुरा गर्न भ्याएको छैन । मैले मात्र भनेर हुँदैन म सरकारको मन्त्री हुँ । त्यसैले आफुले प्रधानमन्त्रीसँग सल्लाह गरेर आफू कसरी जाने भनेर सल्लाह गर्छु । यसका लागि करिब एक महिना पछि म यसबारेमा बोल्न सक्छु मन्त्री भुसालले भने ।
आफूले आजसम्म मोटो कुरा मात्र बुझेको मसिना कुरा बुझन, प्रशासनिक र नीतिगत जटिलता बुझ्न पनि समय लाग्ने हुँदा केही समय पर्खन उनले पत्रकारहरुसँग अनुरोध गरे ।















प्रतिक्रिया