
दाङ, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शान्तिनगर गाउँकमिटिले आयोजना गरेको गाउँसभामा महिलाहरुको सहभागिता उल्लेख्य देखिएको छ ।
नेकपाको उमेद्वार पनि महिला भएको अवस्थामा गाउँसभामा देखिएको उपस्थितिमा पनि महिलाहरुनै व्यापक देखिएकाले आफ्नो उमेद्वार विमला वलीलाई जिताउँन महिलाहरु सक्रिय भएको अनुमान गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टिकाराम खड्काका अनुसार सभामा करिव ८०% महिलाहरुको सहभागिता रहेको बताउनु भएको छ । उनका अनुसार करिब ४ हजार जनसहभागिता रहेको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरीे गरिएको नेकपाको शान्तिनगर गाउँपालिका स्तरिय सभालाई अर्थपूर्णरुपपा हेरिएको छ । सभालाई संवोधन गर्न नेकपाका केन्द्रीय नेताहरु जगप्रसाद शर्मा, दामा शर्मा, राष्ट्रिय सभा सदस्य कोमल वली, प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसी लगाएतका नेताहरु शान्तिनगरमा पुगेको पत्रकार गणेश आचार्यले जानकारी दिनु भएको छ ।















प्रतिक्रिया