२९ आश्विन २०८३, बिहिबार

प्रभु बैँकद्धारा १६ प्रतिशत बोनश शेयर वितरण गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ मंसिर । प्रभु बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा मंसिर ६ गते शुक्रबार विभिन्न निर्णयहरु पारित गर्दै सम्पन्न भएको छ । बैँकको सञ्चालक समितिका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैँकको प्रधान कार्र्यालयमा बसेको बैंकको १८औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।

साथै, १८ औँ वार्षिक साधारण सभाले बैँकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७५/०७६ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

शुक्रबार सम्पन्न बैँकको १८ औँ वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैँकले गत आ.व. २०७५/७६ को मुनाफाबाट गत आ.व. २०७५/०७६ मा कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ ।

१८ औं वार्षिक साधारणसभाले संस्थापक समूहतर्फ कायम रहेको ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ कायम रहेको ४५ प्रतिशतको शेयर स्वामित्वमा संशोधन/परिवर्तन गरी संस्थापक समुह तर्फ ५१ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना संशोधन/परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

बैँकको सञ्चालक समितिमा शेयर स्वामित्वको आधारमा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जनाको प्रतिनिधित्व हुने गरी प्रस्ताव पारित गर्नुका साथै धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गर्नको लागि बैँकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत पारित गरेको छ ।

त्यसैगरी अन्य बैँक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैँकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन (Due Diligence Audit DDA) गर्न मान्यताप्राप्त मुल्याँकनकर्ता नियुक्ती गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडी बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गरेको छ ।

१८ औँ वार्षिक साधारण सभाले १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरे पश्चात् बैंक लि.को चुक्ता पूँजी रु. १० अर्ब ३१ करोड ५५ लाख ०२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ३७ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १५२ वटा एटिएम मेशिन तथा १९६ वटा शाखा कार्यालयहरु सहित देशभर पैmलिएको ठूलो बैंकिङ्ग सञ्जालको माध्यमबाट १२ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंक लि. ले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आप्नो सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैँकबाट सैद्धान्तिक सहमती प्राप्त गरी सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने प्रयोजनका लागि आवश्यक कार्य अगाडि बढाईरहेको छ ।

१८ औँ वार्षिक साधारण सभाको अवसरमा प्रभु बैंकको उत्तरोत्तर उन्नति प्रगतिको शुभेच्छा प्रकट गर्दै प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने शेयरधनी लगायत सम्बन्धित सबैमा बैँकले धन्यवाद व्यक्त गरेको छ ।