
काठमाडौँ, ६ मंसिर । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले सुदेश खालिङलाई बैँकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । बैँकको मंसिर ६ गते शुक्रबार बसेको ३२० औँ सञ्चालका समितिको बैठकले खालिङलाई सञ्चालकमा नियक्ति गरेको हो ।
अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा बैंकिंग क्षेत्रमा करिब तीन दशक लामो अनुभव भएका खालिङलाई नियुक्त गरिएको हो ।
शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् ।
वाणिज्य बैंकमा सहायकबाट बैंकिंग पेशा शुरु गर्नु भएका खालिङले दुई वाणिज्य बैँकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका हुन् ।
“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसात गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा एटीएम र १०२ वटा शाखा रहित बैँकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैँकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैँकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैँक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया