२९ आश्विन २०८३, बिहिबार

भूमि अतिक्रमणको विरोध गर्नेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ मंसिर । सर्वाेच्च अदालतले नेपालको भूभाग कालापानी, लिपुलेक तथा लिम्पियाधुराको विषयमा नाराबाजी गर्ने क्रममा पक्राउ गरी थुनामा रहेका पाँच जनालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले आज टीकाप्रसाद कँडेल, विर्खबहादुर विक, टोपबहादुर श्रेष्ठ, धनबहादुर तामाङ र बिजबहादुर घिसिङलाई अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा तत्काल थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “निजहरुले कुनै पनि अशान्ति मच्चाउने खालको फौजदारी कसुर गरेको देखिँदैन, गैरकानूनी तवरबाट प्रवृत्त धारणा राखी बन्दी बनाइएको देखिँदा तत्काल थुनामुक्त गर्नु ।”

गैरकानूनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गर्दै टीकाप्रसाद कँडेलले सर्वाेच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । –रासस