२९ आश्विन २०८३, बिहिबार

न्यायपरिषदद्धारा उच्च अदालतको न्यायाधीशमा १५ जना सिफारिस (नामसहित)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ मंसिर । न्यायपरिषद्ले उच्च अदालतको न्यायाधीशमा १५ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको न्यायपरिषद्को बैठकले १५ न्यायाधीशको नाम सिफारिस गरेको हो ।

यसरी सिफारिस हुनेमा जिल्ला न्यायाधीश, सरकारी वकिल र नेपाल बारबाट छन् । जिल्ला न्यायाधीशहरु किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दिपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारी उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

त्यस्तै, न्याय सेवाको प्रथम श्रेणीको अधिकृतमध्येबाट गिताप्रसाद तिम्सिना सिफारिसमा परेका छन् । अधिवक्ताबाट ५ जना उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

जसमा मिलनकुमार राई उच्च अदालत दिपायल, राजुराम सिलवाल,उच्च अदालत विराटनगर, मेरिना श्रेष्ठ उच्च अदालत तुलसिपुर, मिना गौतम सेढाई उच्च अदालत पाटन र सोमकान्त मैनाली उच्च अदालत विराटनगर धनकुटा इजलाशका लागि सिफारिस भएका छन् ।