२९ आश्विन २०८३, बिहिबार

राजपाकाे अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको संयोजक नेता राजेन्द्र महतोलाई बनाउने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले बिहीबारबाट अध्यक्ष मण्डलको संयोजक नेता महतोले गर्ने निर्णय गरेको हो ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकबाट बिहीबारदेखि लागू हुने गरी महतोले संयोजकको जिम्मेवारी सम्हाल्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।

त्यसैगरी बैठकले जिल्लाहरुमा विभिन्न तदर्थ समिति गठनका लागि २० दिनको म्याद थप पनि गरेको छ । राजपाले कात्तिक ८ गते जिल्लाहरुमा वडा तदर्थ समिति, पालिका तदर्थ समिति, क्षेत्रीय तदर्थ समिति र जिल्ला तदर्थ समिति गर्न ‘तदर्थ समिति गठन निर्देशिका २०७६’ अनुसार कात्तिक ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने निर्देशिका जारी गरेको थियो ।

निर्धारित समयसम्म समिति गठन नभएकोले म्याद थपिएको सो पार्टीले जनाएको छ ।