
काठमाडौँ, ४ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ सेक्रेटरीसहित तीनजना सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । नेकपा प्रवेश गर्नेमा जिल्ला सेक्रेटरी नवराज नेपाल, विराटनगर नगर सदस्य माधव पन्त र सन्दीप सापकोटा छन् ।
विराटनगरस्थित नेकपा जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनीहरुले ‘विप्लव’ समूह परित्यागको घोषणा गरेका हुन् ।
त्यस लगत्तै उनीहरुलाई सत्तारुढ नेकपा प्रदेश–१ का सह–इन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य विनोद ढकाल, महेश रेग्मी, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगर अध्यक्ष सागर थापालगायले फूलको गुच्छा र अविरमालाले स्वागत गर्दै पार्टीमा प्रवेश गराए ।
विप्लव समूह परित्याग गर्दै नेपालको समृद्धि र विकास अब सत्तारुढ नेकपाबाट सम्भव हुने भन्दै विप्लवलाई हिंसात्मक गतिविधि नगर्न समेत अनुरोध गरेका छन् ।















प्रतिक्रिया