
काठमाडौँ, ४ मंसिर । राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा सचिवालय बैठकमा सहभागी हुँदैछन् ।
मन्त्रीमण्डलको हेरफेरका विषयमा छलफल गर्न अध्यक्षद्धय शितलनिवास पुगेका स्रोतले जनाएको छ । सचिवालयका सबै सदस्यहरू बालुवाटार आइसकेका कारण बैठक सुरु हुने तयारी रहेको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखरेल भने विदेशमा रहेका छन् ।
स्रोतका अनुसार आज बस्ने सचिवालय बैठकले कुन कुन मन्त्री फेर्ने तथा नयाँ मन्त्रीहरुको तय गर्ने जनाइएको छ ।















प्रतिक्रिया