२९ आश्विन २०८३, बिहिबार

वुधबार मन्त्रीहरु फेरिने प्रधानमन्त्रीको संकेत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वुधबार मन्त्रिमण्डलमा परिवर्तन गर्ने संकेत गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले यस्तो जनाउ दिएका हुन् ।

बैठकमा सहभागी मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम आयोजना नगर्न समेत सुझाव दिएका छन् ।

बैठकमा सहभागी केही मन्त्रीहरुले प्रधानमन्त्रीले मन्त्रिपरिषद हेरफेर गर्नेबारे ब्रिफिङ गरेका बताएका छन् ।

बुधबारै बिहान सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ । बैठक लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका स्रोतले जनाएको छ ।