२९ आश्विन २०८३, बिहिबार

नमुना जिल्ला बनाउन गुरुयोजना बनाउँछौँ : मुख्यमन्त्री राई

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भोजपुर, ३ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरलाई नमुना जिल्ला बनाउन गुरुयोजना तयार गरिने बताउनुभएको छ ।

उहाँले जिल्लाका सम्पूर्ण समस्याबारे आफू जानकार रहेकाले यहाँको हरेक क्षेत्रको विकासका लागि ६ महिनाभित्र गुरुयोजना बनाएर काम शुरु गर्ने बताउनुभयो ।

प्रदेश सरकारअन्तर्गत बन्न लागेको पिखुवा खोलाको पक्की पुल र भोजपुर रङ्गशालाको शिलान्यास गर्न आउनु भएका मुख्यमन्त्री राईले बजेटका कारण कुनै पनि विकासका काम प्रभावित नहुने उल्लेख गर्नुभयो ।

“गुणस्तरीय ढङ्गले काम सञ्चालन गर्न आवश्यक छ, यसमा जनताको खबरदारीको आवश्यक छ”, उहाँले भन्नुभयो ।

विकास निर्माणको कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र गठनको तयारी भइरहेको बताउँदै उहाँले कमिसन र भष्ट्रचारमा शून्य सहनशीलता कायम गर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो, “कमिसन र भष्टाचारमा मैले शून्य सहनशीलताको नीति लिएको छु ।” सङ्घीयता कार्यान्वयनसँगै जनताले विकासको अनुभूति गर्न पाएको भन्दै उहाँले सबै जनतालाई राज्यको सुविधामा जोड्ने बताउनुभयो । –रासस