२९ आश्विन २०८३, बिहिबार

टाटा हिटाचीको पार्टस् मेला सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ मंसिर । टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स् प्रा. लि. ले देशैभरीका आफ्ना शाखा कार्यलयहरुमा पार्टस् मेलाको आयोजना गरेको छ ।

उक्त पार्टस् मेला यही मंसिर १ गतेदेखि ८ गतेसम्म संचालन हुनेछ । पार्टस् मेलामा टाटा हिटाचीका सम्पुर्ण गा्रहकहरुका लागी स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा भारी छुटको व्यवस्था गरीएको छ ।

साथै मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने गा्रहकहरुले विशेष उपहार प्राप्त प्राप्त गर्न सक्नेछन् भने भाग्यशाली गा्रहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरीनेछ ।

साथै सिप्रदी अर्थमुभर्स प्रालि आफ्ना गा्रहकहरुलाई मेलामा आएर भरपुर फाईदा उठाउनका लागी अनुरोध गर्दछ । सिप्रदी अर्थमुभर्स प्रालिले विगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचिको विभिन्न साइजको एक्जाभेटर, ब्याको लोडर र ह्विल लोडर उपलब्ध गराउदै आएको छ ।