१४ कार्तिक २०८३, शनिबार

दुई वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर ।  दुई वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका ६ विसासयका कुमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको उनको आफन्तले बताएका छन् ।