३ कार्तिक २०८३, मंगलबार

स्वीट्जरल्याण्डले शानदार जित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ मंसिर । स्वीट्जरल्याण्डले शानदार जितसहित युरोकप फुटबलको छनौट यात्रा सम्पन्न गरेको छ । समूह डी अन्तर्गत सोमबार राति भएको खेलमा स्वीट्जरल्याण्डले जिब्रालटारलाई ६–१ ले पराजित गरेको हो।

जितसँगै स्वीट्जरल्याण्ड समूह विजेता बन्न सफल भएको छ । पहिलो हाफमा एक गोल गरेको स्वीट्जरल्याण्डले दोस्रो हाफमा पाँच गोल गरेको हो । दोस्रो हाफमा उसले एक गोल खायो । स्वीट्जरल्याण्डको ८ खेलबाट १७ अंक भयो ।

अर्को खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई १–१ को बराबरीमा रोकेको डेनमार्क समूह उपविजेताका रुपमा युरोकपमा छनौट भएको छ । रिपब्लिक अफ आयरल्याण्डले भने यरोकपमा स्थान बनाउनका लागि प्लेअफ खेल्नु पर्ने भएको छ ।