३० आश्विन २०८३, शुक्रबार

ईन्जाकाे मार्ग चित्र सार्वजनिक, ईन्जार समुदायबीच सहकार्यको शूरुवात

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

भर्जिनिया । नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल (इन्जा) ले विदेशमा रहेका नेपाली समुदायसंगको साझेदारी कार्यक्रम आइतवार र्सार्वजनिक गरेको छ ।

अमेरिकाको भर्जिनियामा आइतवार समुदायको लागि आयोजित वेनिफिसियल लन्चन कार्यक्रममा इन्जाले सामुदायिक पत्रकारिता र सामुदायिक दायित्व मार्फत आफूलाई समाजसंग जोड्ने घोषणा गरेको हो ।

इन्जाले सार्वजनिक गरेको कार्यक्रमलाई सहयोग पुर्‍याउने उदेश्यले कार्यक्रममा उपस्थित व्यक्ति तथा संस्थाहरूले करीव २० लाख रुपियाँ (१८ हजार ३ सय १२ डलर) सहयोग प्रदान गरेका थिए ।

इन्जाले समुदायलाई सहयोग पुग्ने गरी सामुदायिक पत्रकारिताको तालिम प्रदान गर्ने, विदेशमा रहेका नेपाली वालवालिकाहरुलाई नेपाली भाषा सिकाउन बालसंचार कार्यक्रम अन्तर्गत “छुनुमुन” नामक अनलाइन एप्लिकेशनको विकास गर्ने, सामुदायिक पत्रकारिताको प्रबर्दनका लागि अनलाइन स्थापनामा सहयोग पुर्‍याउने, नेपालीभाषा र संस्कृतिको प्रबर्दन गर्न समुदायसंग साझेदारी गर्ने लगायतका रहेका छन् ।

इन्जाको अभियानलाई अगाडि वढाउन सोही कार्यक्रममा विभिन्न दाताहरुले वार्षिक सहयोग पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । वालवालिकालाई नेपाली भाषा र संस्कृति सिकाउने ईन्जाको बाल संचार कार्यक्रम अन्तर्गत “छुनुमुनु एपको विकासको लागि भर्जिनिया निवासी गितकार अम्विका गुरुङ र अनलाइन पोर्टलव्रेक एण्ड लिंकसले सहकार्य गर्ने भएका छन् ।

भर्जिनिया निवासी व्यवसायी तथा पत्रकार सुनिता खत्रीले सामुदायिक पत्रकारिता पुरस्कारका लागि इन्जासंग सहकार्य गर्न हरेक दुइ वर्ष १,१११ डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

साहित्यको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई हरेक वर्ष पुरस्कृत गर्ने स्रष्टा सम्मानका लागि गितकार अम्विका गुरुङले सन् २०२० का लागि १ हजार १ डलर सहयोग प्रदान गर्ने घोषणा गरेकी छन् ।

इन्जाले समुदायको सहयोगमा प्रदान गरिने पुरस्कारहरुको कार्यविधि चांडै नै र्सार्वजनिक गर्ने सोही कार्यक्रममा जानकारी गराएको छ । इन्जाद्वारा स्थापना गरिएको इन्जा अन्तर्राष्ट्रिय अवार्ड दुइ दिन अगाडि मात्रै हाम्राकुरा डटकमका प्रधान सम्पादक अजय वावु सिवाकोटीलाई नेपालमा एक कार्यक्रम आयोजना गरी प्रदान गरि सकिएको छ ।