अमेरिका । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्न आफू प्रयासरत रहेको बताएका छन् ।
अमेरिकामा रहेको तराईका नेपालीहरूको संस्था एन्टीएको ५औँ सम्मेलनलाई आइतबार सम्बोधन गर्ने क्रममा उनले सहयोगका लागि सबैलाई अपील गरे ।
केन्द्र सरकारप्रति नरम देखिएका राउतले सबैसँग मिलेर काम गर्दा मात्रै प्रदेश २ को विकास हुने बताएका हुन् ।
कार्यक्रमका विशेष अतिथि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले मिलेर जाँदा नै सबैको भलो र हित हुने बताएका थिए ।
अधिवेशनमा विशेष अतिथिका रूपमा मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारी र प्रदेश २ का न्यायाधीवक्ता दीपेन्द्र झाको उपस्थिति रहेको थियो ।
अधिवेशनले नवनिर्वाचित अध्यक्ष अपराजिता झाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यकारी समिति चयन गरेको छ ।
निर्वाचन परिणामका अनुसार नयाँ पदाधिकारीहरूमा इन्द्रदेव साह (वरिष्ठ उपाध्यक्ष), धीरज चौधरी (महासचिव), अनिल द्विवेदी (उपउपाध्यक्ष, अन्तर्राष्ट्रिय), रणधीर शर्मा (उपध्यक्ष, राष्ट्रिय), मुकेश कर्ण (कोषाध्यक्ष) र मोहन कुमार यादव (प्रवक्ता) रहेका छन् ।
बिन्देश्वर साह र सन्तोष साहलाई सहसचिव र सह कोषाध्यक्ष चयन गरिएको छ ।
मनीष सिंह, सुनैना चौधरी, कुशेश्वर मण्डल, कुष्नंदन ठाकुर र प्रभात झालाई कार्यकारी सदस्यमा मनोनयन गरिएको छ ।
झा र सुबोध मल्लिकको नेतृत्वमा स्वतन्त्र रूपमा दुई समूहका बीच कार्यकारी समितिको चुनाव लडेको थियो ।
चुनावका लागि अनलाइन मतदान नोभेम्बर १२ देखि नोभेम्बर १५ सम्म भएको थियो ।
नवनिर्वाचित कार्यकारी समिति आइतवार एन्टाको ५औं अधिवेशनको अवसरमा घोषणा गरिएको छ ।
यो सम्मेलन अमेरिकाको आयोवा राज्यको प्रान्तीय राजधानी डेस मोइन्समा आयोजना गरिएको थियो ।















प्रतिक्रिया