३ कार्तिक २०८३, मंगलबार

पोर्चुगल युरो कप २०२० मा छनोट हुन सफल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २ मंसिर । डिफेन्डिङ च्याम्पियन पोर्चुगल युरो कप २०२० मा छनोट हुन सफल भएको छ । छनोट चरणको अन्तिम खेलमा लग्जम्बर्गलाई हराउँदै पोर्चुगलले अर्को वर्ष हुने प्रतियोगितामा स्थान सुरक्षित गरेको हो ।

लग्जम्बर्गलाई २–० ले हराउँदै पोर्चुगल समूह बीबाट उपविजेताका रुपमा अघिल्लो चरणमा पुगेको हो । लग्जम्बर्गविरुद्धको खेलमा क्रिष्टियानो रोनाल्डोले ९९औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् ।

अघिल्लो खेलमा लिथ्वानियालाई ६–० ले हराउँदा ह्याट्रिक गरेका रोनाल्डोले लग्जम्बर्गलाई एक गोल थपेर गोलको सेन्चुरी नजिक पुगेका हुन् ।

खेल सकिन चार मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गरेका थिए । त्यसअघि खेलको ३९ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।