
इटहरी, १ मंसिर । इटहरी उपमहानगरले महिला फुटबल खेलाडी उत्पादनका लागि प्रशिक्षण सुरु गरेको छ । उपप्रमुख लक्ष्मी गौतमले मुख्य प्रशिक्षक श्याम मानन्धरलाई वल हस्तान्तरण गरेर प्रशिक्षण कार्यक्रमको उदघाटन गरिन् ।
महिला फुटवल खेलाडी तयार गर्नका लागि उपमहानगरले १ महिने निशुल्क छात्रा फुटवल प्रशिक्षण सुरु गरेको हो ।
प्रशिक्षण कार्यक्रममा इटहरीका सामुदायिक तथा संस्थागत विद्यालयका चालिस जना छात्राको सहभागिता छ । उनीहरुलाई दुईचरणमा गरि एक महिना प्रशिक्षण दिइने छ ।
सहभागी छात्राका लागि जर्सि र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख गौतमले इटहरी उपमहानगरले खेल क्षेत्रमा नयाँ आयाम थप्न लागेको बताइन् । तालिम प्राप्त जनशक्तिवाट इटहरी उपमहानगरको महिला फुटवल टिम वनाउने उहाँले जानकारी दिए ।
देशमा मात्र होइन अन्तराष्ट्रसम्म पनि खेल्ने खेलाडी उत्पादन गरिनेमा उनले जोड दिए । खेलक्षेत्रबाटै भविष्य र पहिचान बनाउन उनले सहभागिहरुलाई शुभकामना दिए ।
हरेक क्षेत्रमा महिला अब्बल हुनुपर्ने उपमेयर गौतमको सुझाव छ । यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तरविद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता गरिसकेको छ ।















प्रतिक्रिया