
काठमाडौँ, १ मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लुकिङ ग्लास नराख्ने र स्वरुप परिवर्तन गरी चलाउने मोटरसाइकलमाथि कारवाही थालेको छ ।
महाशाखाले शनिबारदेखि नै उच्च प्राथमिकतासाथ कारबाही अघि बढाएको हो ।
महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले दुर्घटनाको एउटा कारण लुकिङ ग्लास र नराख्ने तथा स्वरूप परिवर्तन भएकाले यस विरूद्व अभियान संचालन गरेको बताए । उनले यो कारबाही काठमाडौं उपत्यकाका तीनै जिल्लामा संचालन हुने बताए ।
ट्राफिक प्रहरीले शनिबारमात्रै ३ सय ४५ वटा मोटरसाइकलमाथि कारवाही गरेको जनाएको छ । लुकिङ ग्लास दायाँ र बायाँ नदेखिने गरी राखिए पनि कारवाहीको भागिदार हुने प्रहरीले जनाएको छ । ट्राफिक नियम पालना नगरे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरिने महाशाखाले जनाएको छ ।















प्रतिक्रिया