१४ कार्तिक २०८३, शनिबार

सचिन तेन्दुलकार पशुपतिको दर्शनमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर ।  क्रिकेटका भगवानको उपमा पाएका भारतीय क्रिकेटर सचिन रमेश तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

युनिसेफको ३० औं बार्सिकोत्सबको अवसरमा नेपाल आएका सचिनले आइतबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन् ।

सचिनसँगै नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि पशुपतिनाथ मन्दिर पुगेका थिए ।

युनिसेफको दक्षिण एसियाका सद्भावना दूत रहेका सचिन शुक्रबार राति नेपाल आइपुगेका थिए । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनलाई नेपाल बोलाएको हो ।

सचिन शनिबार त्रिवि क्रिकेट मैदान पुगेर मैत्रीपूर्ण क्रिकेट म्याच खेलेका थिए भने बेलुका काभ्रे समेत पुगेका थिए ।