३ कार्तिक २०८३, मंगलबार

एटिपी टेनिसमा स्टेफानोससँग फेडेरर पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १ मंसिर । एटिपी फानल्स टेनिसको उपाधिका लागि स्टेफानोस सिट्सिपास र डोमिनिक थिएमबीच प्रतिस्पर्धा हुने भएको छ ।

२१ वर्षका ग्रिक खेलाडी स्टेफानोसले ६ पटकका विजेता रोजर फेडेररलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेका हुन् ।

लण्डनमा भएको खेलमा स्टेफानोसले ३८ वर्षका स्वीस खेलाडी फेडेररलाई ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् ।

अर्को सेमिफाइनलमा साबिक विजेता एलेक्जान्डर स्भेरेभ पाँचौँ बरियताका डोमिनिक थिएमसँग पराजित भए । अस्ट्रियन थिएमले स्भेरेभलाई ७–५ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

२६ वर्षका थिएम र २१ वर्षका स्टेफानोस दुवैका लागि एटिपी फाइनल्सको उपाधि उनीहरूको खेल जीवनको सबैभन्दा ठूलो सफलता बन्नेछ ।