१४ कार्तिक २०८३, शनिबार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३० कात्तिक । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना राति १२ बजे भएको थियो ।