२९ आश्विन २०८३, बिहिबार

शिक्षकले नै विद्यार्थीको नङ काटिदिएपछि …

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रुकुम, २९ कात्तिक । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ मा रहेको जनविकास मावि ज्यामिरकोटमा शुक्रबार फरक दृश्य देखा पर्यो । बिहानका चारवटा विषयहरु पढाई सम्पन्न भयो ।

विद्यार्थी, कार्यालय सहयोगी र शिक्षक मिलेर विद्यालय हाताभित्रको सरसफाइ गरे । शुक्रवार भएकोले समयमै विद्यार्थीलाई लाईन लगाईयो ।

प्रधानाध्यापक दिपक सङगम थापाले १ दर्जन नङ कटर निकाल्ने बितिकै सबै शिक्षक स्टाफहरुले नङ कटर फाटाफट हातहातमा लिएर लाईनमा बसेका विद्यार्थीका हातका नङ काटिदिए ।

विद्यार्थीहरु पनि रमाईलो मान्दै नङ काट्न हौसिएका थिए । हो यसरी नै जनविकास मावि ज्यामिरकोटले प्रत्येक शुक्रबार सरसफाइ सङगै विद्यार्थीको नङ काटिदिने कार्यक्रमलाई लागू गरेको छ ।

रुकुम पश्चिमको जनविकास मावि ज्यामिरकोट टाकुराले प्रत्येक शुक्रबार विद्यार्थीका नङ काटिदिने कार्यक्रमलाई अघि सार्दै विद्यार्थीलाई सरसफाइमा थप क्रियाशील बनाएको छ ।

विद्यार्थीलाई सरसफाइ र आफै नङ काट्ने बानी बसाल्न यस्तो कार्यक्रमको शुरूवात गरेको प्रधानाध्यापक दिपक सङगम थापाले बताए । विद्यार्थीका नङ काट्नका लागि विद्यालयले नै नङ कट र साबुनको व्यवस्था गरेको प्रअ थापाले बताए । यस्तो कार्यको शुरूवातले नगरबासी खुसी भएका छन ।